सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वभरका बच्चाहरु अहिले PUBG को खेलमा पागल भईरहेका छन् । यो पागलपनमा बच्चाहरु आफनो ज्यान दिन पनि पछि हटेका छैनन् । भारतको मुंबईका एक बच्चाले परिवारको सदस्यले पबजी खेल्नको लागी ६०,००० को फोन नदिदा आत्महत्या गरेका छन् ।
यो घटना मुंबईको कुर्ला इलाकाको नेहरु नगरको हो, जहाँ एक १८ बर्षिय केटाले पबजी खेल्नको लागी ६०,००० रुपैयाको फोन नपाउदा आत्महत्या गरेका छन् । प्रहरी रिपोर्ट अनुसार, केटाले ६०,००० रुपैयाको स्मार्टफोनको माग गरेका थिए तर घरपरिवारले ३० हजार रुपैया मात्र दिने बताए पछि उक्त १८ बर्षिय युवाले आत्महत्या गरेका हुन् ।
हालैमात्र ११ बर्षका एक बच्चा पबजीलाई भारतमा पुरै ब्यान्ड गर्नको लागी बम्बे उच्च अदालत पुगेका थिए । अहद निजामका बच्चाले बम्बे उच्च अदालतमा एउटा जनहित आवेदन दायर गर्दे पबजी माथि ब्यानको माग गरेका छन् र भनेका छन् कि पबजीले हिंसा, आक्रमकता र साइबर अपराधलाई बढावा दिन्छ ।
केही दिन पहिला मात्र गुजरातमा पनि पबजी पुरै ब्यान गरीएको थियो । यो भन्दा पहिला जम्मु–काश्मिरमा पनि पबजीमाथि ब्यान लगाउने माग गरिएको थियो । पबबजी गेमको कारण हाई–स्कुलका बच्चाहरुमा उत्तेजना बढिरहेको छ भने साथै पढाईमा उनीहरुको मन लागीरहेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा