सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सोशल मिडिया प्लेटफर्म फेसबुकमा प्रतिदिन ८,००० मानिसहरु मरिरहेका छन् । यो शताब्दिको अन्तसम्ममा फेसबुक विश्वको सबैभन्दा ठुलो भर्चुअल चिहान हुनेछ । किनभने यहाँ जिउँदो मानिसभन्दा धेरै मरेका मानिसहरुको प्रोफाइल हुनेछ । फेसबुक विभिन्न सोशल मिडिया प्लेटफर्ममा केबल एउटा प्लेटफर्म हो । करौडौ उपयोग कर्ता ट्विटर, इंस्टाग्राम, व्हाट्सएप तथा अन्य एपको उपयोग गर्दछन् ।
फेसबुकका २ अर्ब युजर
फेसबुकको लगभग २ अरब उपयोगकर्ता छन् । ब्हाट्सएपको १.५ अरब, इंस्टाग्रामको १ अरब र ट्विटरको ३३.६ करोड उपयोगकर्ता छन्, जसमा करौडौ उपयोगकर्ता नेपालबाट पनि छन् ।
डिजिटल प्लेटफर्ममा धेरैजसो समय बिताउनु वाहेक पनि हामि मध्ये केही मानिसहरु वास्तवमा विचार गर्छन कि हामी मरे पश्चात हाम्रो डिजिटल खाता के हुन्छ ? ठुलो सवाल छ कि डिजिटल प्लेटफर्मको उपयोगकर्ताको मुत्यु भए पश्चात प्लेटफर्ममा उसको खाताको ब्यक्तिगत तस्विर, भिडियोज र साथीहरुको पोस्ट डिजिटल सम्पति उसको परिवारलाई स्थानातरित गर्नु पर्ने आवश्यकता कसरी पत्ता लगाउने ?
मृतकको खाता चलाउन मिल्न सक्छ अनुमति
साइबर विधि विशेषज्ञहरुका अनुसार जब कुनै ब्यक्तिको मुत्यु हुन्छ र उसको ईमेल र सोशल मिडिया खाता हुन्छ भने त्यो स्थानान्तरण योग्य सम्पति हो र सम्बन्धित ब्यक्तिको कोही वारिसले त्यसलाई चलाउने अनुमति लिन पनि सक्छ ।
फेसबुक आफनो उपयोगकर्ताहरुलाई एक मञ्जुरीनामा अनुबंधको अनुमति दिन्छ, जुन मञ्जुरीनामाको आधारमा उसको मुत्युपछि उसको खाता चलाउनको लागी उ कुनै पारिवारिक सदस्य वा कुनै मित्रलाई चुन्न सक्छ ।
फेसबुकले भनेको छ “जब कसैले भन्छ कि कुनै ब्यक्तिको मुत्यु भयो भने हामी उसको फेसबुकलाई स्मरणिय बनाइदिन्छौ ।” उत्तराधिकारीले मृतकको फेसबुक खाताको टाइमलाइनमा एक पोस्ट लेख्न सक्छ । यदि त्यो पोस्टलाई कसैले लाइक गरेमा उसलाई मृतकको खाताको तस्विर, पोस्ट र प्रोफाइलको जानकारी डाउनलोड गर्नको लागी उत्तराधिकारीको अनुमति लिनु पर्ने हुन्छ ।
यद्यपी, उत्तराधिकारीले मृतकको खातामा लगइन भने गर्न सक्दैन र न त उसको निजि म्यासेज पढ्न सक्नेछ । वैकल्पिक रुपमा तपाई फेसबुकलाई भन्न सक्नु हुनेछ कि मुत्यु पछि उसको खाता स्थाई रुपमा डिलेट गर्न सकियोस् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा