सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यती बेला अष्ट्रेलिया उच्च गर्मी छ। गर्मीका कारण याे समर (डिसेम्बर १ देखि अहिलेसम्म)मा ७३ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष भन्दा अघिको रेर्कडमा गर्मीका कारण मृत्यु हुनेमा ४३ रहेको थियो ।
यसैबीच अष्ट्रेलियाकाे पश्चिम सिडनीमा एक नेपालीको पनि मृत्यु भएको छ । नुहाउने क्रममा पानीमा डुबेपछि गुहार मागिरहेका चार जनालाई ११:३० तिर देखेपछि इमरजेन्सी सर्भिसलाई खबर गरिएको थियो ।
उनीहरूलाई नजिकका मानिसहरुले २० वर्षीय ३ जनाको उद्दार गर्न सफल भए । तर २५ वर्षीय एक नेपाली युवककाे भने उद्दार हुन सकेन ।
त्यसपछि स्थानिय प्रहरी, न्यु साउथ वालेसको अग्नी सुरक्षा बल र स्टेट ईर्मजेन्सी सर्भिसको खोजीमा त्यहाँको समयानुसार दिँउसो १:३० बजे नेपाली युवकलाई मृत फेला पारेको हो ।मृतक नेपालीको पुरा परिचय भने खुल्न सकेको छैन् । ऐजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा