सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ ८। जापानमा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपालीको निधन भएको छ । जापानको युकिमा श्रीमानको साथमा बस्दै आएकी नुवाकोट बिदुरकी ३१ वर्षिय सावित्री नेपाल रिमालको निधन भएको हो ।
डिसेम्बर १० का दिन काम गर्ने ठाउँमा आगोले पोलेपछी उनलाई उपचारका लागी आकस्मिक रुपमा हेलिकप्टरमार्फत युनिभर्सिटी अफ चुकुबा हस्पिटलमा लगिएको थियो ।
हस्पिटलले लामो समय उपचारको प्रयास गरे पनि रिमालको अन्तत; जनवरी २१ तारिख सोमबार बेलुका करिब ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको थियो ।
आगोले अधिकांश भाग जलेर उनको किड्नी ,फोक्सो र कलेजोमा धेरै असर पुगेको थियो। मृतक सावित्री पछिल्लोपटक नोभेम्बर १३ तारिखमा नेपाल गएर जापान फर्किकी थिइन्। उनका दुई सन्तान नेपालमै छन्।
उनको दाह संस्कार जापाननै गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा