सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम, माघ ६ । नेपाल विद्युत प्राधिकरणको लापरर्वाहीले धनुषामा दुई जनाको मृत्यु भएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ मा ११ हजार भोल्टको नाङ्गो तारले दुई जनाको मृत्यु भएको छ ।
मृत्य हुनेमा सिरहा घर भई हाल जनकपुरधाममा बस्दै आएका जगरनाथ साह र धनुषा मिथिलेश्वर मवाहीका परमेश्वर मण्डल रहेको छ । ज ८ प ७७०९ नम्बरको बुलेट मोटरसाईकलमा गईरहेको वेला उनीहरुलाई करेन्ट लागेको थियो ।
एघार हजार भोल्टको नाङ्गो तार बाटोमा भएकाले माटरसाईकलको लेगार्र्ड त्यसमा छोएपछि एकजनालई करेन्ट लागेको थियो । बचाउँन जाँदा अर्को ब्यक्तिको पनि करेन्ट लागेर मृत्यु भयो । नेपाल विद्युत प्राधिकरणको लापरवाहिका कारण यस भन्दा पहिला पनि यस्तो घटना भई सकेको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
फाेटाे : राजधानी दैनिक
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा