सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुरै विश्वमा आफनो धाक जामाउन आतुर चीन तेज रुपमा जमीनबाट हावा, समुन्द्र, अन्तरिक्ष र साइबर स्पेसमा मार हान्नको लागी उन्नत क्षमताहरुसँगै एउटा बलियो र घातक सेनाको निर्माण गरीरहेको छ ।
शीर्ष अमेरीकी गूप्त अधिकारीले विश्वसँग आग्रह गरेका गरेका छन् कि विश्व तालिकामा दोस्रो मुलुक विरुद्ध खडा हुनको लागी चीन तेज रुपमा तयारीमा जुटिरहेको छ । यही मौकामा अमेरिकी रक्षा विभागले कांग्रेसको चिनको सैन्य शक्तिः युद्ध र विजयको लागी सेनाको आधुनिकीकरण शीर्षकको रिपोर्ट पनि जारी गरेको छ ।
महाशक्ति बन्ने प्रयास
वरिष्ट रक्षा गुप्त विश्लेषक दान टेलरको अनुसार चीनीया कम्युनिष्ट पार्टीको रणनितिक उदेश्यमा चीनलाई महाशक्तिको रुपमा स्थापित गर्नु हो । भविष्यमा परमाणु शक्ति सन्तुलन, शक्ति प्रदर्शन, साइबर क्षेत्र, अन्तररिक्ष र इलेक्ट्रोम्यागनेटिक स्पेक्ट्रम जस्तो क्षेत्रमा आधुनिकीकरण पीएलए को बढ्दो क्षमतामा अहम कारक साबित हुन सक्छ ।
शक्ति प्रदर्शन गर्ने चाहना
चीनले पछिल्लो एक दशकको दौरान अदनको खाडीमा समुन्द्री लुटेराको विरुद्ध सैन्य अभियान चलायो । पुर्व र दक्षिण चीन सागरमा सेनाको विस्तार गरेको छ । यी सबै कार्यबाट उ आफनो पीपुल्स लिबरेशन आर्मी (पीएलए) लाई अन्तराष्ट्रिय शक्तिको रुपमा प्रदर्शित गरिरहेको छ ।
गैह युद्ध अभियानमा पनि तयारी
चीन मानवीय सहायता र आपत राहत जस्ता गैह युद्ध अभियान, समुन्द्री डकैतीरोधी अभियान र शक्ति रक्षा अभियानको लागी पनि क्षमता विकास गरिरहेको छ । आउने बर्षमा पीएलए अन्य आधुनिक सेनाहरुसँग प्रतिस्पर्धा प्रविधिक रुपमा अधिक सक्षम र हतियारमा अधिक कुशल हुन सक्छ । चीनमा शासन पीएलएको क्षमता बढाउनको लागी कैयौ स्तरमा प्रयास गरीरहेको छ ।
आधुनिक हतियारबाट हुनेछ सुसज्जीत
रिपोर्टमा भनिएको छ कि चीन नयाँ माध्ययम र लामो दुरीको राडर बाट बच्नको लागी सक्षम बमवर्षक विकसित गरिरहेको छ । जुन क्षेत्रिय र वैश्विक लक्ष्यमाथि प्रहार गर्नमा सक्षम हुनेछ । सम्भावना अनुसार यस्ता प्रकारको विमान चीन २०२५ सम्ममा बनाउनेछ । पीएलए उन्नत लडाकु विमान, आधुनिक नौसैनिक जहाज, मिसाइल सिस्टम र अन्तरिक्ष र साइबरस्पेस प्रविधिले पनि चाडै नै सुसज्जीत हुनेछ । चीनले आफनो अन्तरिक्ष अभियानमा धेरै दाउ लगाएको छ भने उ यो घटनामा अगाडी निक्लन चाहन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा