सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
थाइल्याण्ड विरुद्ध भारतको ४–१ को गोल अन्तरको जितमा सुनील छेत्रीको दोस्रो गोल एशिया कपको ग्रुप चरणमा १० सर्वश्रेष्ठ गोल मध्ये १ गोल नामांकित गरिएको छ ।
छेत्रीले दाहिने तर्फबाट उदांत सिंहबाट पाएको पासमा खेलको ४६ औ मिनेटमा शानदार गोल गरेका थिए । उनको यो गोललाई ग्रुप चरणको १० सर्वश्रेष्ठ गोलमा नामांकित गरीएको छ । फुटबल प्रेमीहरुलाई एशियाली फुटबल परिसंघको वेबसाइटमा गएर सर्वश्रेष्ठ गोलको लागी भोट गर्नको लागी भनिएको थियो ।
छेत्रीको १०५ औ म्याचमा भारतको लागी यो ६७ औ गोल थियो । यसअघि नै उनी सक्रिय फुटबलर मध्ये सर्वाधिक गोल गर्ने क्रिस्टियानो रोनाल्डो पछि विश्वको दोस्रो फुटबलर बनेका छन् । उनले लियोनल मेसी (१२८ म्याचमा ६५ गोल) लाई पछारेका छन् । रानाल्डोले १५४ म्याचमा ८५ गोल गरेको रेकर्ड छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा