सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलिया विरुद्ध वन–डे सीरीज सकाए पश्चात टिम इंडियाका कप्तान विराट कोहली आफनो पत्नी तथा बलिउड अभिनेत्री अनुष्का शर्मासँग अष्ट्रेलियामा आनन्दको समय बिताउदै गरेको देखिए । अष्ट्रेलिया टुर समाप्त हुने वित्तिकै उनले आफनो ब्यक्तिगत जिवनलाई रमाइलो गर्न शुरु गरीसकेका छन् ।
त्यही समयमा विराट–अनुष्कासँग अष्ट्रेलियन ओपनमा म्याच हेर्न पुगे । त्यहाँ उनीहरुको भेटघाट टेनिसका दिग्गज खेलाडी रोजर फेडररसँग भयो ।
विराट कोहलीले आफनो ट्विटर एकाउन्टमा आफु फेडररसँग आफनो भेटघाट भएको तस्विर शेयर गरेका छन् । तस्विरमा विराटले पेन्ट–शर्ट लगाएको देखिएको छ भने अनुष्का शर्माले सेतो टप र कालो पेन्ट लगाएको देखाइएको छ ।
अष्ट्रेलिया विरुद्ध हालैमात्र अष्ट्रेलिया यात्रामा भारतले १–१ ले ड्र को टि–२० खेलेको थियो । यसपछि भारतले २–१ ले टेस्ट सीरज आफनो नाममा गरेको थियो । अन्तिममा खेलीएको वनडे सीरीजमा भारतले २–१ ले उपाधिमा कब्जा गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा