सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तौलिहवा, माघ ५। शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
प्रहरीले चेक गर्ने क्रममा शिवराज नगपालिका३ समितिचोकबाट लु ३१ प ५०९८ नम्वरको मोटरसाइकलमा बँदेल ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो। बँदेलसहित नियन्त्रणमा लिएका दुई जनालाई आवश्यक कारवाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाइएको छ।
पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको कार्यालयका प्रमुख दुर्गाबहादुर कार्कीले बताए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा