सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ५। थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् ।
समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।
थाइल्याण्ड पनि अपराजित रहँदै नेपाल फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसँगको भेट पक्का गरेको थियो । अहिले केहीबेरमा नेपाल जवाफी ब्याटिङमा उत्रनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा