सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज, माघ ४। कृषि साम्रगी कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय वीरगञ्जले भारतको आन्द्रप्रदेशको विशाखापट्टनम बन्दरगाहबाट रेलमार्गद्वारा झिकाइएको रासायनिक मल पोटासको प्रचारप्रसारको अभावको कारण बिक्री हुन सकेको छैन ।
कम्पनीले पाँच हजार टन पोटास मगाएकामा हालसम्म ३६ क्वीन्टल मात्र बिक्री हुन सकेको छ भने बाँकी रहेको पोटास प्रचारप्रसारको अभावमा बिक्री हुन नसकेको क्षेत्रीय प्रमुख अजयकुमार श्रीवास्तवले बताउनुभयो ।
माटोको गुणस्तर सुधार गर्नको लागि पोटासको आवश्यकता भएपनि ढिलो गरी आइपुगेको तथा प्रचारप्रसारको अभावमा सो पोटास बिक्री हुन नसकेको हो । पोटासको तुलनामा युरीया र डिएपी मलको बिक्री अत्याधिक रहेको बताइएको छ ।
कम्पनीले पुस महीनामा आफ्ना ११० सहकारी संस्थामार्फत युरीया मल एक हजार ३९७ मेट्रिकटन, डिएपी मल १०९ मेट्रिक टन बिक्री गरेको छ भने कम्पनीसँग हाल युरीया मल थोरै र डिएपी एक हजार ३२८ मेट्रिकटन मौज्दात अवस्थामा रहेको छ ।
स्थानीय निकायले आफूखुसी रासायनिक मलको बिक्री मूल्य निर्धारण गर्दा ग्रामिण क्षेत्रका किसान चर्को मूल्यमा मल खरीद गर्न बाध्य भएका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा