सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ४। शेयर बाजरमा यो साता लगानीकर्ताको उपस्थिति कम भएपनि परिसूचक नेप्से समग्रमा बढेको छ । तर कारोबार रकम गतसाता भन्दा कम भएको छ ।
यो साता सेयर बजारमा परिसुचक नेप्से बढेको छ । नेप्से गतसाता भन्दा ६ दशमलव ९.३ अंकले बढेर १ हजार १ सय ८७ दशमलव ७ ७ अंकमा पुगेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पनि यो साता बढेको छ । सेन्सेटिभ परिसुचक शुन्य दशमलव ३ ६ अंकले बढेर २ सय ५१ अंकमा बन्द भएको छ ।
कारोबार रकम गत साता भन्दा घटेर १ अर्ब २७ करोड ९८ लाख रुपैयाँ बराबर भएको छ । पुष मसान्त सकिएपछि बजारमा लगानीकर्ताको उपस्थिति न्युन हुँदा कारोबार रकम कम भएको हो । बजारमा माग र आपूर्ति दुबैै कम हुँदा परिसुचकमा खासै उत्तरचढाव भएन् । लगानीकर्ता भर्खरै सूचिकरण भएको माथिल्लो तामाकोशीको सेयरमा सबैभन्दा बढि आकर्षित भएको देखिन्छ ।
कारोबार भएको पाँच दिनमध्ये चार दिनसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भयो । त्यसैले कारोबार बढि हुन नसकेपनि परिसुचकमा उच्च बृद्धि भएको छ । त्यस्तै नेपाल बैंकको शेयर कारोबार पनि सबैभन्दा बढि देखिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा