सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ ४। थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा इन्डोनेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो। नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो।
नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो खेलमा थाइल्याण्डको ‘ए’ टोली, पाचौँ तथा समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।
यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो।
समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा