सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ह्याकर्स ले नयाँ बर्षको स्वागत ७७ं२ करोड भन्दा बढि ईमेल र २ करोड भन्दा बढि पासवर्ड लिक गरेर गरेका छन् । यो डाटाको ठुलो भाग क्लाउड स्टोरेज सर्भिस मेगामा थियो । सेक्योरिटी रिसर्चर ट्रोय हन्टले यो डाटा लिक पत्ता लगाएर आफनो वेबसाइट ट्रोयहन्ट डटकम मा हालिदिएको छ । सेक्युरिटि रिसर्चरले यसलाई कलेक्शन ह्याशट्याग १ को रुपमा पेश गरेको छ । हन्टले भनेको छ कि यसमा कुल २,६९२,८१८,२३८ पासवर्ड र ईमेलको डाटा छ ।
२.६ अरब भन्दा बढि पासवर्ड–ईमेलको छ डाटा
इसलाई २००८ देखी अहिलेसम्म अलग–अलग तरिकाले प्रयोग गर्दे विश्वभरको उपभोक्ताबाट चोरीएको छ । ठुलो संख्यामा मानिसहरुले यसको जानकारी दिएर रिसर्चमा मद्यत गरे । यो कलेक्शनमा कुल ८७ जीबी डाटाको १२,००० फाइल छन् । हन्टले पुष्टि गर्दे भनेको छ मैले पत्ता लगाए कि मेरो ब्यक्तिगत डाटा पनि यसमा थियो, जुन सहि पनि थियो । यद्यपी, मेरो पासवर्ड पुरानो थियो, जसलाई मैले केही बर्ष अघि प्रयोग गर्थे ।
कसरी पत्ता लगाउने आफनो ईमेल आईडीको स्थिति
यो डाटाबेस haveibeenpwned वेबसाइटमा छ । तपाई https://www.haveibeenpwned.com . मा जानु पर्ने हुन्छ र आफनो आईडी विन्डोमा लेखेर इन्टर गर्नुपर्ने हुन्छ । यदि तपाईको ईमेल सुरक्षित छ भने गुड न्यूज–नो प्वांज फाउण्ड आउनेछ । यदि आईडी डाटाबेसमा छ भने ओह नो प्वांड आउनेछ । यदि तपाईको आईडी सुरक्षीत छैन भने तुरुन्त पासवर्ड र अन्य गोपनिय जानकारी बदल्नुहोस् ।
को हो ट्रोय हन्ट
ट्रोय हन्टले आधार को सुरक्षामा सवाल उठाएको थियो । सेक्युरिटि रिसर्चले भनेको थियो कि यसमा १२० करोड मानिसहरुको निजि जानकारी हुनसक्छ, जसको शतप्रतिशत सुरक्षाको कुनै पनि वारेन्टी छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा