सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ ४ । एनआईसी एसिया बैंक लिमिटेडले बिहीबार ‘एनआईसी एसिया डिबेन्चर २०८५/८६’ बिक्रीको लागि सार्वजानिक आह्वान गरेको छ ।
१० प्रतिशत वार्षिक ब्याजदर दिने गरी १ हजार रुपैयाँ प्रतिकित्ताको दरले ४० लाख कित्ता रहेको ४ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्रको ब्याज ६ ६ महिनामा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने बैंकले जनाएको छ ।
४ अर्बको ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैपाँ बराबर व्यक्तिगत तवरमार्फत निष्कासन गरिएको छ । त्यस्तै बाँकी ४० प्रतिशत अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबर भने सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरिनेछ ।
यसरी निष्कासित ऋणपत्रको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
उक्त ऋणपत्रको माघ १३ गतेदेखि सर्वसाधारणको लागि बिक्रि खुला हुनेछ भने छिटोमा १६ गते र ढिलोमा फागुनको १३ गतेसम्म खुल्ला रहने छ ।
उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिने बैंकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा