सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ ४ । इलाममा १६ औ अनसन बसीरहेका डा गोविन्द केसीलाई उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको छ ।
अनसनको बसेको ९ औ दिनमा स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई विहिवार सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो भने भद्रपुरबाट उनलाई काठमाडौँ ल्याइएको हो ।
स्वास्थ्य अवस्था नाजुक रहेका डा. केसीको निगरानीका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुईजना विशेषज्ञ चिकित्सक पनि साथमा आएका छन्।
उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ । उनको अबस्था चिन्ताजनक नै रहेको उनी निकट स्रोतले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा