सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ ३ । सिटिजन्स बैंकले क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । यो योजनाअन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पिओएस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ ।
यस्तो नगद फिर्ताको सीमा प्रति दिन रु ५०० र प्रति महिना रु ३००० सम्म रहनेछ भने योजना सिमित अवधीको लागी लागु गरिएको बैंकले जनाएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु मार्फत करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा