सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, माघ २ । इलामको माइजोगमाई गाउँपालिकास्थित प्याङको थुम्के डाँडामा दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माण गरिने भएको छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिने यस क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पाँच वर्षे योजनाका साथ रू ५० लाखमा टावर निर्माण गरिने बताइएको छ ।
पर्यटकीयस्थलका रूपमा विकास हुदै रहेको उक्त क्षेत्रमा माइजोगमाई गाउँपालिकाले प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा टावर निर्माण गर्ने भएको हो ।
माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईका अनुसार टावर बहु तले र सुविधायुक्त हुने छ।
यस क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिन्छ भने जिल्लाका सबै स्थानीय तहको दृश्यावलोकनसमेत गर्न सकिन्छ । यस क्षेत्रको बाटो हुँदै इलामको प्रमुख पर्यटकीय स्थान सन्दकपुर पनि छिटो बाटोबाट पुग्न सकिने स्थानीय देवी अधिकारीको भनाइ छ।
माइजोगमाईस्थित यस थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको पाइएको छ । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक ५० देखि १०० को हाराहारीमा पर्यटक आउने गरेका छन्।
केही वर्ष अघि मात्र सूर्र्योदय अवलोकन गर्न सकिने स्थल भनी पत्ता लागेको यो क्षेत्रमा धेरैजसो आन्तरिक पर्यटक आउने गरेका छन् । विकास पूर्वाधारमा पछि परेको यस क्षेत्रमा हालसम्म पनि विद्युत् पुग्न सकेको छैन भने यस वर्ष मात्र सडक पुगेको छ।
सडक पुगेसँगै पर्यटकको चहलपहल बढेको अध्यक्ष राईको भनाइ छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा