सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ २ । नेपाल बंगलादेश बैंक र प्रभु मनि ट्रान्सफर बिच विप्रेषण सेवा सम्झौतामा हस्तक्षर भएको छ ।
बुधबार बैकको मुख्य कार्यालयमा आयोजीत एक कार्यक्रमका बिच उक्त सम्झौतामा नेपाल बंगलादेश बैंकका तर्फबाट प्रमुख व्ययसाय अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटाले सम्झौता पत्रमा हस्तक्षर गरेका छन ।
सम्झौतापछि अब प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्नका सकिने भएको छ ।
नेपाल बंगलादेश बैंकको मुलुकभर ८१ वटा शाखाहरु रहेका छन् । प्रभु मनि ट्रान्सफरको नेपालमा ७५ वटै जिल्लामा ८००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।
आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको नेपाल बंगलादेश बैंकले यो वर्ष करीब १०० शाखा सञ्चालनमा ल्याउने रणनिति रहेको जानकारी प्रमुख व्यवसायीक अधिकृत सलोनिका सिंहले दिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा