सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २ । एन आई सी एशिया बैंक लिमिटेडले ६ महिनामा १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बुधबार चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको बैंकको वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (१ अर्ब ३५ करोड) ले वृद्धि गरी २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकको खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (९४ करोड) को वृद्धि सहित १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको सोही अवधिको खुद मुनाफा ५७.१८ करोड रहेको थियो ।
बैंकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत ९७४ अर्ब को वृद्धि गरी वासालातको आकार २१४ अर्ब पुर्याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (४८ अर्ब) को वृद्धि गरी १४९.३ अर्ब र निक्षेप संकलन तर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (५५ अर्ब) को वृद्धि गरी १७५.७६ अर्ब पुर्याउन सफल भएको छ ।
उक्त वृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।
बैंकले हाल मुलुकभर २७३ शाखा, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत १४ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा