सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चन्द्रमा मा पठाइएको चीनको रोवर मा कपासको बीज अंकुरित भएसँगै पहिलो पटक हाम्रो विश्व भन्दा बाहिर चन्द्रममा कुनै विरुवा बढ्दै गईरहेको छ । वैज्ञानिकले मंगलबार यो जानकारी दिएका हुन् ।
चोंगकिंग विश्वविद्यालयका एड्भान्स टेक्नोलोजी रिसर्च –इस्टीच्युट बाट जारी तस्विर अनुसार चांग’ इ–४ यो महिना चन्द्रमा मा उत्रे पश्चात यो अंकुर एक हजारी भित्र रहेको जालीनुमा ढाँचाको रुप लिएको हो ।
यो प्रयोगको डिजाइनको नेतृत्व गर्ने शाइ गेंगशिन ले भनेका छन् कि यो पहिलो मौका हो जब मानवले चन्द्रमाको सतहमा जीव विज्ञानमा विरुवा विकासको लागी प्रयोग गरे ।
अन्तररिक्ष क्षेत्रमा महाशक्ति बन्ने चिनको महत्वकांक्षा बढाउदै चांग’ इ–४ लाई ३ जनवरीमा चन्दमाको सबैभन्दा टाढाको भागमा उतारीएको थियो र प्राकृतिक उपग्रहको कहिले नदेखिएको भागसम्म पुर्याउने विश्वको पहिलो अन्तररिक्ष यान बन्यो ।
चोंगकिंग विश्वविद्यालयका वैज्ञानिकले हावा, जल र माटोले भरिएको १८ सेन्टिमिटरको एउटा बाल्टीनको डिब्बा चन्द्रमामा पठाएका थिए । यसको भित्र कपास, आलु एवं सरसौं प्रजातीका एक–एक विरुवाको विज लगाएत फ्रूट फ्लाईको अण्डा पठाइएको थियो ।
विश्वविद्यालयले बताए अनुसार, अन्तररिक्षयान बाट पठाइएको तस्विरमा कपासको अंकुर लामो भएर विकसित भईरहेको देखीएको छ, तर अहिलेसम्म अन्य विरुवाको बिजहरुको अंकुरित भएको खबर भने आएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा