सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २ । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन ७३ हजार तीन सय ३० कर्मचारीले अनलाइन फाराम भरेका छन्। फाराम भर्न दिइएको २१ दिनको म्याद बुधबार सकिँदैछ।
कान्तिपुर दैनिकमा समाचार छ, अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख सहसचिव केदार पनेरुका अनुसार ६२ हजार ४६ जनाको फाराम सफ्वेयरमा दर्ता भइसकेको छ। ११ हजार दुई सय ८३ जनाले भरेको फाराम सफ्टवेयरमा पोस्ट हुन बाँकी छ।
बुधबार राति १२ बजेसम्म कर्मचारीले अनलाइनमा फाराम अपलोड गर्न सक्नेछन्। ८५ प्रतिशतभन्दा बढी कर्मचारीले समायोजनमा सहभागिता जनाएको पनेरुले बताए। अध्यादेशले वृत्तिविकास रोकेको भन्दै सुरुमा कर्मचारी आन्दोलित भए पनि उनीहरूका माग संघीय निजामती कर्मचारी ऐनमा समेटिने सरकारको घोषणापछि प्रक्रिया सहज बनेको थियो।
समायोजन सूचना जारी गर्नुअघि मन्त्रालयले सबै कर्मचारीलाई किताबखानामा विवरण अपडेट गराउन भनेको थियो। त्यसअनुसार ७४ हजार पाँच सय ८७ ले निजामती किताबखानामा आफ्नो विवरण अपडेट गराएका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा