सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ १ । सांग्रिला डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष अच्युुत प्रसाद प्रसाइले सपथ ग्रहण गरेका छन् । मंगलबार एक कार्यक्रमका बिच राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटीले प्रसाइलाई सपथ गराएका हुन् ।
बैकको सोमबार सम्पन्न १४ औँ बार्षिक साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३/३ जना गरि जम्मा ६ जना निर्विरोध निर्वाचित भएका थिए । संचालकहरु मध्येबाट सोमबारै बसेको नव–निर्वाचित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा प्रसाईलाई अध्यक्षमा चयन गरेको थियो ।
बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भए पछि ऐनमा बैंक तथा बित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढांचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने ब्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् ।
बैंकको १४ औँ बार्षिक साधारण सभाले आफना शेयरधनिहरुलाई ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । आ.ब. २०७५/७६ को दोस्रो त्रैमासमा बैंकले करिब रु. १८ अर्ब ५० करोड निक्षेप संकलन तथा रु. १६ अर्ब ७५ करोड कर्जा प्रवाह गरि करिब रु.२९ करोड ५० लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा