सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ १। नेपाली बजारमा आज (मंगलबार) ४ सयले बढेको छ। आज १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ ।
सोमबार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको थियो। तेजावी सुन सोमबार ६० हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार ६० हजार ७ सयमा करोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यस्तै चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइहरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा