सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, पुस ३० । ६ दिनदेखि अनसनरत प्रा डा गोविन्द केसीका विरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले इलाममा सोमबार जुलुस निकालेका छन् ।
‘सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारबाही गर, विधिको शासनको विरोध गर्ने होसियार’जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए ।
विद्यार्थीले अनसनरत डाक्टर केसीको मागको विरोध गरेका थिए । उनीहरुले अर्का अनसनरत विद्यार्थी तथा सामाजिक अभियन्ता विजय थापालाई समर्थन गरेका थिए । विद्यार्थीले नागरिकका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहसनहस पार्न खोजेको आरोप लगाएका थिए । इलाम चोक बजारस्थित थापाको अनसनस्थलबाट सुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो ।
सभामा सम्बोधन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गर्नुभएको थियो ।
उहाँले डाक्टर केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहट’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गर्नुभएको थियो । यस्तै सभामा सम्बोधन गर्दै अर्का विद्यार्थी इश्वरी तामाङले सबै नागरिकका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुण्ठित गर्न नहुने बताउनुभएको थियो ।
उहाँले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको जानकारी दिनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा