सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, पुस ३० । साँग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बराबरको बोनश शेयर तथा ५.४५ प्रतिशत नगद लाभांस दिने भएको छ । सोमबार काठमाण्डौको अमृतभोग पार्टीप्यालेस, कालिकास्थानमा भएको १४ औ बार्षिक साधारणसभाले उक्त लाभांस घोषणा गरेको हो ।
आ.ब.२०७४/७५ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष रबिन्द्र प्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि चौधौं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
२ अर्व ५० करोड ६३ लाख ८५ हजार चुक्ता पुँजी भएको साँग्रिला विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.ब.०७४/७५ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको ४ प्रतिशत बराबरको बोनश शेयर बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना शेयरधनी महानुभावहरुलाई वितरण गर्ने भएको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय हुनेछ ।
साथै साधारणसभाले संस्थापक समुह तथा सर्वसाधारण समुहका शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना संचालकहरुको निर्वाचनमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने अच्युत प्रसाद प्रसाई, शान्तराज बतास र सुशिलकाजी बाँनिया तथा सर्वसाधारण शेयरधनीको तर्फबाट गंगा सागर ढकाल, सुमन कुमार श्रेष्ठ र रबिना शेरचन र्निबिरोध निर्वाचित भएका छन् । सो पश्चात बसेको नवनिर्वाचित संचालक समितीको बैठकले अच्युत प्रसाद प्रसाईलाई आगामी कार्यकालको लागी अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन समेत गरेको छ ।
काठमाण्डौँको बालुवाटारमा मुख्य कार्यालय रहेको साँग्रीला बैकले हाल ७७ वटा शाखा तथा २३ वटा एटिएम मार्फत आफना २ लाख ६० हजार भन्दा बढि ग्राहकहरुलाई बैकिङ सेवा प्रदान गर्दे आइरहेको छ । बैकले निकट भविष्यमै काठमाण्डौ उपत्यकामा थप पांचवटा शाखाहरु पेप्सीकोला, टोखा, नयांबानेश्वर, सानेपा, र ठीमी भक्तपुुर सहित विकट हिमाली दुुर्गम जिल्ला हुुम्लाको सिमीकोट, त्यस्तै बयलबास, जितपुुर, धरान र लाहान गरि १० वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति प्राप्त गरीसकेको छ । थप १० शाखासँगै बैंकको शाखा सन्जाल ८७ पुुग्नेछ ।
बैंकले भिसा डेबिड कार्ड संचालनमा ल्याई सकेको छ भने एपोलो हस्पीटल, नयां दिल्ली इन्डीयासंग सम्झौता गरि बैंकका भिजा कार्ड प्रयोगकर्ता ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा सेवाहरुमा १० प्रतिशत सम्म छुुट पाउने ब्यवस्था समेत गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा