सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पछिल्लो दिन आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ रिलिज भएको थियो । यो फिल्मलाई दर्शकहरुले खासै रुचाएनन् । फिल्म बक्स अफिसमा फ्ल्प भयो । फिल्म फ्ल्प हुदा आमिर धेरै निराश भएका छन् र अब आफनो रणनितिमा बदलाव गर्न गईरहेका छन् ।
यी दिनहरुमा आमिर आफनो अगिल्लो प्राजेक्टको तयारीमा जुटेका छन् । पछिल्लो खबर थियो कि आमिर १,००० करोडको बजेटमा बन्न लागीरहेको फिल्म ‘महाभारत’ को काम शुरु गर्नेछन् । तर अब उनले आफनो उदेश्य बदलेका छन् । आमिर आफनो फ्यानहरुको लागी ‘गजनी २’ लिएर आउने भएका छन् ।
फिल्म मेकरले हालै मात्र ‘गजनी २’ टाइटल रजिष्ट्रर गराएका छन् । रिपोर्ट अनुसार, टाइटललाई हिन्दि र तेलुगु भाषामा रजिस्टर गराइएको छ । गजनी एक कल्ट फिल्म थियो । टाइटल रजिष्ट्रेशन पछि यो कुरा पक्का भएको छ कि ‘गजनी २’ फिल्मको प्लानिङ चलिरहेको छ ।
फिल्म मेकर्सले भने अहिलेसम्म आधिकारीक रुपमा घोषणा भने गरेका छैनन् । ‘गजनी’ लाई एआर मुरुगदोसले निर्देशन गरेका थिए । गजनी २ को लागी पनि मुरुगदोसलाई नै अप्रोच गर्न सक्दछन् । पछिल्लो खबर अनुसार यो फिल्मको लागी पनि आमिर खान आफनो बडि मा विशेष ध्यान दिइरहेका छन् ।
आमिर आफनो डाइट्मा कन्ट्रोल गरिरहेका छन् । उनी आफनो शरिरलाई आकर्षक शेपमा ल्याउनको लागी मिहेनत गरिरहेका छन् । यो फिल्ममा आमिरको लुक गजनी जस्तै बेजोड बडि भएको देख्न सकिनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा