सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस ३०। अर्जेन्टीनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा ४०० गोल गरेका छन्।
गएराति भएको खेलमा आइबारविरुद्ध गोल गर्दै मेस्सीले खेल करियरमा अर्को कोसेढुंगा पार गरे । उनले ५३ औँ मिनेटमा गरेको गोल ला लिगामा मेसीकोे ४०० औँ गोल बन्न सफल भयो।
खेलमा आईबार ३–० ले पराजित भएको थियो। खेलमा लुइस स्वारेजले २ गोल गरेका थिए भने मेसीले १ गोल ।
मेस्सी ला–लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ४ सय गोलको कीर्तिमान बनाउन ४ सय ३५ खेल खेलेका छन् ।
युरोपको कुनै एउटै लिगमा ४ सय गोल गर्ने मेस्सी पहिलो खेलाडी बनेका छन् । तर समग्रमा ४०० गोल गर्ने खेलाडीको सूचिमा उनी दोस्रो नम्बरमा छ। यो सूचिको शीर्षस्थानमा क्रिष्टियानो रोनाल्डो छन्। उनले इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ए गरी ५०७ खेलमा ४०९ गोल गरिसकेका छन् ।
रोनाल्डोले इङ्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५ सय ७ खेल खेलेका छन् । मेस्सीले भने एउटै लिगमा यो सफलता हात पारेका छन् ।
ला लिगामा गएरातिको जितसँगै बार्सिलोनाले पाँच अंकको अग्रता लिएको छ । उसको १९ खेलमा ४३ अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा