सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२१ जनवरीमा बर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । ज्योतिषहरुको अनुसार, यसको असर सबै जातीहरुमा राशि अनुसार फरक–फरक पर्नेछ । यता वैज्ञानिकहरुले यसलाई सुपर ब्लड वूल्फ मुनको नाम दिइरहेका छन् । ग्रहण पश्चात दानको ठुलो महत्व हुन्छ । मान्यता अनुसार, ग्रहण पछि दान गर्नाले सबै दुःख कष्ट टाढा भगाउन सकिन्छ । ग्रहणको समय प्रकोप कम गर्नको लागी कुन चिजहरुलाई दान गर्नु पर्दछ….
यदि तपाई धेरै समयदेखी सम्पति सम्बन्धि विवादमा उल्झिरहनु भएको छ भने ग्रहण पछि सबैभन्दा पहिला स्नान गर्नुहोस र फेरी तिलबाट बनेका मिठाइहरु दान गर्नुहोस् । यसको लागी तपाई तिलको लड्डु, तिलको बर्फि , तिलौरा लगाएत तिलबाट बनेका मिठाइहरु दान गर्न सक्नुहुनेछ ।
लामोसमयदेखी आर्थिक तनाबले ग्रसित हुनुहुन्छ भने ग्रहण पश्चात स्नान गर्नुहोस् । स्नान पछि रस भएको मिठाइ दान गर्नुपर्दछ । तपाई रसबरी, लालमोन आदि दान गर्न सक्नुहुन्छ ।
यदि घरमा प्राय कोही न कोही बिमारी भईरहन्छन् वा घरका कुनै सदस्य लामो समयदेखी बिमारी भईरहेका छन भने यसको लागी ग्रहणपछि घ्यूले भरिएको कचौरामा एउटा चाँदीको टुक्रा हालेर त्यसमा आफनो छायाँ हेरेर त्यसलाई दान गर्नुहोस् ।
चन्द्र ग्रहणभन्दा अगिल्लो दिन विहान हरेकले कमिला र माछालाई भोजन गराउनु पर्दछ । यस्तो गर्नाले तपाईको सबै कष्ट टाढा भाग्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा