सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, पुस २६ । सामुदायिक विद्यालयमा स-साना विद्यार्थी टिकाउनको लागि गौशाला नगरपालिकाले दिवा खाजाको व्यवस्था गरेको छ । नगरपालिकाको ३२ वटै सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको समयमा दिवा खाजाको प्रबन्ध गरेको हो ।
विद्यालयमा दिवा खाजाको व्यवस्था भएपछि बालबालिकामा स्वास्थ्य एवं पोषणमा सुधार हुनुको साथै शिक्षामा लक्षित समूहको सुधार र नियमित रुपमा विद्यालय आउने बानी बस्ने नगरप्रमुख शिवनाथ महतोले बताए ।
सरकारी अनुदान वापत आउने प्रतिविद्यार्थी रु १५ का दरले वार्षिक रुपमा १८० दिन विद्यालयमा दिवा खाजाको व्यवस्था मिलाइएको छ । दिवा खाजाको व्यवस्था यही पुस २६ गतेदेखि गर्न लागेको नगरपालिका स्रोतले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा