सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस २६। शेयर बजारमा परिसूचक नेप्सेमा झिनो सुधार देखिएको छ। बजारमा लगानीकर्ताको उपस्थिति कम रहेका कारण सामान्य उतारचढाव बीच नेप्से बढेको हो ।
बिहीबार शेयर बजारमा परिसूचक नेप्से १ दशमलव ८ अंकले बढेर १ हजार १ सय ८० दशमलव आठ चार अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि बढेको छ । होटल, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधनसमुह बाहेकका सबै समुहमा बृद्धि छ।
पुष मसान्तका कारण लगानीकर्ताको चहलपहल कम देखिएपनि नेपाल बैंकको उच्च कारोबार हुँदा समग्रमा ३६ करोड ६३ लाख रुपैयाँ बढिको कारोबार भएको छ । नेपाल बैंकको मात्रै ११ करोड ६३ लाख बढिको शेयर कारोबार भएको छ ।
सानिमा इक्युटि फण्डका इकाइधनिहरुले झण्डै १० प्रतिशतले कमाएका छन् । सिनर्जी पावरका शेयरधनीले ५ प्रतिशत बढिले गुमाएका छन् । पुष मसान्तमा कतिपय लगानीकर्ताले शेयर विक्री गरि बैंक कर्जा तिर्ने समय भएकाले पनि शेयर बजार दबाबमा रहेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा