सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वको सबैभन्दा धनि ब्यक्ति तथा अमेजनका संस्थापक जेफ बेजोस आफनो श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहन्छन् । लामो समयदेखी अलग बसेकी पत्नी म्याकेन्जि बेजोससँग अलगीन चाहेको कुरा उनले आफनो ट्विटरमा ब्यक्त गरेका हुन् ।
ट्विटर ह्याण्डलद्धारा ५४ बर्षिय जेफ र ४८ बर्षिय मकेन्जीले जारी गरेको संयुक्त बयानमा भनिएको छ “हामी हाम्रो २५ बर्षको अतुलनिय साथको लागी आफैलाई भाग्यशाली ठान्छौ । अब हाम्रो स्तर अलग हुनेछ, तर हामी परिवार र साथीको रुपमा एक–अर्कालाई साथ दिइरहनेछौ”। जानकारी दिनुपर्दा म्याकेन्जि पहिला अमेजनको कर्मचारी मध्ये एक थिइन ।
को हुन म्याकेन्जि बेजोस
-जेफ बेजोसकी पत्नी म्याकेन्जि एक उपन्यासकार हुन र उनले द टेस्टिङ अफ लूथर अलब्राइट एवं ट्रयाप्स सहित कैयौ किताव लेखेकी छिन् ।
-म्याकेन्जि सन फ्रान्सिस्कोमा हुर्केकी बढेकी हुन् ।
-प्रिंसटन युर्निभसिटिमा नोकरीको लागी इन्टरभ्यू दिने क्रममा म्याकेन्जिले पहिलो पटक जेफ वेजोसलाई भेटेकी थिइन ।
-जेफ र म्याकेन्जिका चार जना बच्चा छन् ।
विश्वका सबैभन्दा धनि ब्यक्ति जेफ बेजोस
-हाल बेजोसँग १६० अरब डलर (करिब १८ लाख करोड रुपैया) को सम्पति छ ।
-उनी विश्वका सबैभन्दा धनि ब्यक्ति हुन्।
– इक्रोसफ्ट लाई पछार्दे नंबर १ बन्यो अमेजन
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा